तनहुँ । काम गरेर देखाउने हो अहिले केहि योजना नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्र बाबु रेग्मीले बताए ।
बिहीबार भएको पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा प्रहरी उपरीक्षक रेग्मी सो कुरा बताएका हुन ।
उनले अगाडि थपे ‘हाम्रो काम जिल्लाबासीलाई सुरक्षा प्रदान गर्ने हो ।’
सकारात्मक सोचका साथ काम गर्ने उनले बताए । राजनैतीक दबाबमा नपरी आफ्नो कर्तव्य पुरा गर्ने प्रहरी उपरीक्षक रेग्मी बताउछन ।
समाचार लेख्दा पुष्ट्याई गरेर मात्रै लेख्न जिल्लाका पत्रकारलाई प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।