तनहुँ । नेपाली कांग्रेस तनहुँको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनमा १८१६ मध्ये १७८३ मत खसेको निर्वाचन अधिकृत फणिन्द्र कोइरालाले जानकारी दिए ।
जसमध्य तनहुँ क्षेत्र नं १ बाट ९ सय २५ मत र क्षेत्र नं २ बाट ८ सय ५८ मत खसेको हो ।
जिल्ला सभापतिका लागी वैकुण्ठ न्यौपाने र जितप्रकाश आले चुनावी मैदानमा छन ।
शनिबार भएको जिल्ला अधिवेशनमा अहिलेका कांग्रेस जिल्ला सभापति न्यौपाने र कार्यबाहक सभापति आलेबीच प्रतिस्पर्धा भएको हो । दुवै समूह प्यानल सहित चुनावमा उत्रिएका छन ।
को-को छन् टिममा ?
न्यौपानेको टिमबाट उपसभापतिमा उदयराज गौली र बालकृष्ण घिमिरे, सचिवमा किसान गुरुङ र केशबहादुर सुनार, सहसचिवमा मिलन आले र धिरेस खनाल छन् ।
आलेको टिमको उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, सहसचिवमा परमेश्वर भट्टराई र हुतमणि अधिकारी छन् ।
समय सकिएपछि मत हाल्न नपाउदा विवाद…
शनिबार मत हाल्न नपाएको भन्दै केहि प्रतिनिधिए विवाद गरेका थिए ।
मतदानको समय साँझ ५ बजेसम्म तोकिएको भएको हुँदा गेट बन्द गरिएको निर्वाचन अधिकारीको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेसहित केहि मतदाताले मतदान गर्न नपाएको बताएइएको छ ।