damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

कांग्रेस तनहुँको सभापतिमा न्यौपाने र आलेबीच प्रतिस्पर्धा हुने, को-को छन् टिममा ? (नामसहित)

तनहुँ । नेपाली कांग्रेस तनहुँको सभापतिमा वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा हुने भएको छ ।

आगामि मंसिर ११ गते शनिबार हुने अधिवेशनका लागि अहिलेका कांग्रेस जिल्ला सभापति न्यौपाने र कार्यबाहक सभापति आलेबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । दुवै समूह प्यानल सहित चुनावमा जाने भएको छ ।

को-को छन् टिममा ?

न्यौपानेको टिमबाट उपसभापतिमा उदयराज गौली र बालकृष्ण घिमिरे, सचिवमा किसान गुरुङ र केशबहादुर सुनार, सहसचिवमा मिलन आले र धिरेस खनाल छन् ।

आलेको टिमको उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, सहसचिवमा परमेश्वर भट्टराई र हुतमणि अधिकारी छन् ।

शनिबार हुने अधिवेशनका लागि बिहीबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala