images
images
images

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, नदेखिएका हिंसा अन्त्य गर्न जरुरी: उपप्रमुख जोशी

images

तनहुँ । आज (बिहीबार) २५ नोभेम्बर अर्थात् लैङ्गिक हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोकेको छ ।

महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइने गरिन्छ ।

तनहुँको व्यास नगरपालिकाले पनि बिहिबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ कार्यक्रम गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिलाबाट भन्दा पुरुषबाट महिला नै हिंसामा परेको बताईन ।

उनले अगाडि भनिन ‘नदेखिएका हिंसा अन्त्य गर्न जरुरी छ ।’ ‘देखिएर त हिंसा गर्ने निकै कम छन यहाँ नदेखिएर हुने हिंसा कति छन कति ।’ उपप्रमुख जोशीले भनिन ।

उनि भन्छिन ‘म पनि राजनीति हिंसाको सिकार भएकी छु ।’ ठुलो नेताले तल्लो तहका नेतालाई कसरी हेप्ने र हिंसा गर्ने रहेछ त्यो बुझेको र आफुले प्रतिकार गर्ने उपप्रमुख जोशीले बताईन ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक उदयराज पौडेलले लिङ्गको आधारमा गरिने हिंसाको अन्त्य हुनुपर्ने बताए ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आफै र आजैबाट महिला हिंसा विरुद्ध लाग्नुपर्ने बताए । उनले भने ‘व्यास नगरपालिकाका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापन गरेका छौं ।’

कार्यक्रमको सहजीकरण नगेन्द्रप्रसाद रेग्मीले गरेका थिए ।

कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोति लगाएतको उपस्थिति रहेकोे थियो ।

सन् १९६० मा राजनीतिक कार्यकर्ताहरूले डोमिनिकन रिपब्लिकका तीन मीराबल बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेको दिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ । त्यस समय डोमिनिकनको शासक रहेका राफेल ट्रुजिलोको आदेशमा मीराबल बहिनीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

सन् १९८१ मा ल्याटिन अमेरिकी र क्यारिबियन नारीवादी कार्यकर्ताहरूले २५ नोभेम्बरलाई महिलाविरुद्ध भएका हिंसाको विरुद्ध लड्न र जनचेतना फैलाउने दिनको रूपमा स्थापित गरेका थिए । महिला अधिकारकर्मीहरूले १९८१ देखि नै २५ नोभेम्बरलाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् ।

७ फेब्रुअरी २००० मा भने संयुक्त राष्ट्रसंघको महासभाले यस दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरलाई आधिकारिक रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो ।

त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ ।

त्यस्तै मंगलबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसमेत सुरू भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रुपमा विश्वभर मनाउने गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS