images
images
images

क्रियाशिल सदस्यता लिएको ४ महिनामै कांग्रेस महाधिवेशन प्रतिनिधि बने घिरिङका गंगाराम

images

तनहुँ । दशकौ देखी पार्टीको काममा लागेर त्याग, तपस्या गरेका कांग्रेस नेताहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका समाचार सार्वजनिक हुँदा तनहुँमा भने एक ब्यक्ति क्रियाशिल सदस्यता लिएको चार महिनामा नै महाधिवेशन निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नं. २ बाट अल्पसंख्यक कोटाबाट घिरिङ गाँउपालिका वडा नं. १ का गंगा राम कुमाल महधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनि ४ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उद्द्धोष न्यूजसँग कुराकानी गर्दै महाधिवेशन पदमा निर्वाचित कुमालले आफु पार्टीमा पहिलेदेखि आस्था रहेपनि क्रियाशिल सदस्यता लिएको चार-पाँच महिना मात्रै भएको बताए ।

महाधिवेशनमा निर्वाचित भएपछि कस्तो महसुस भएको छ भन्ने प्रश्नमा कुमालले भने, ‘पार्टीमा पदमा पुग्न योगदान आवश्यक रहेछ भन्ने महशुस गरेको बताए । उनले भने,‘यसपटक मेरो क्षमताको कदर भएको छ, साथी भाईको माया मैले पाएको छु’ । उनी घिरङ गाँउपालिका वडा नं. १ का अध्यक्ष समेत हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS