images
images
images

खाडी मुलुकमा घरेलु कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरौँ : श्रममन्त्री श्रेष्ठ

images

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन् । उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताए ।

समितिको बैठकमा सांसदहरुले भने विचौलियाका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगिने गरेको भन्दै विचौलिया नियन्त्रण गर्न कठोर कदम चाल्न मन्त्री श्रेष्ठलाई सुझाव दिएका छन् । यस्तै, वैदेशिक रोजगारमा जाने कामदारका लागि व्यवस्था गरिएको फ्री भिसा फ्री टिकट कार्यान्वयन नै नभएको भन्दै गुनासो समेत गरेका छन् । सांसदहरुले निर्णय भएको लामो समय बित्दा पनि कामदारले म्यानपावर व्यवसायीहरुलाई मोटो रकम बुझाउनुपर्ने अवस्था विद्यमान रहेको पनि बताएका छन् ।

त्यस्तै,श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागी नेपाली नर्स पठाउने भएको बताए । सचिव गौतमले बेलायत सरकारको माग अनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागी पठाउने भएको बताएका हुन् । उनले जीटुजी सम्झौता मार्फत् नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा वेलायतसँग सम्झौताको तयारी भइरहेको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS