images
images
images

कांग्रेस महाधिवेशन: तनहुँ क्षेत्र नं १ को सभापतिमा श्याम मौराती, अरु को-को भए बिजयी ?

images

तनहुँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को सभापतिमा श्याम मौराती निर्वाचित भएका छन् । ४६७ मत प्राप्त गरी मौराती क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी विश्व बास्तोलाले ३८८ मत प्राप्त गरेका छन् । मंगलबार सकिएको मतगणना अनुसार पदाधिकारीमा पनि मौरातीको प्यानल नै विजयी भएको छ ।

क्षेत्रीय सचिवमा दयानिधी नराल र राजु बानियाँ निर्वाचित भएका छन् । नरालले ४४५ र बानियाँले ४४१ मत प्राप्त गरेका छन् । उनीहरुको प्रतिस्पर्धी तारानरेश पौडलले ३४७ र चुडामणि दाहालले ३४७ मत प्राप्त गरेका छन् ।

यस्तै हसचिवमा युवराज आले र शैलेश खाती निर्वाचित भएका छन् । आलेले ४५६ र खातीले ४३० मत प्राप्त गरेका छन् । उनीहरुको प्रतिस्पर्धी रविन पौडेलले ३७५ र अर्जुन अधिकारीले ३५७ मत प्राप्त गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा खुल्ला पुरुषतर्फ वैकुण्ठ न्यौपाने ५५९, रघुनाथ पौडेल ४९१, रामचन्द्र पौडेल ४८०, दिपक भट्टराई ४५६, देवकुमार श्रेष्ठ ४५५, रेशमलाल गुरुड ४४१, सुरेश भट्टराई ४२६, आनन्दराज त्रिपाठी ४२२, रामचन्द्र अधिकारी ४११ र लक्ष्मीप्रसाद आचार्य ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यस्तै खुल्ला महिलातर्फ चिनु पौनेल ५३०, नारायणी अधिकारी ४९९, विणा कैनी ४३९ र पुष्पादेवी श्रेष्ठ ४१९ मत प्राप्त गरी निर्वाचित भएका छन् । दलित खुल्लातर्फबाट डोवाटे विक ५७२, खसआर्य पुरुषतर्फ शान्तिरमण वाग्ले ५६२, रामबहादुर बानियाँ ४६७, जनजाति खुल्लामा अशोककुमार श्रेष्ठ ४६७, टेकबहादुर गुरुङ ४३६ र पूर्णबहादुर गुरुछ ४२१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महिलातर्फ सरिता गुरुङ १५४० र आशा थापा ४०३ मत प्राप्त गरी निर्वाचित भएका छन । दलित महिलातर्फ चन्द्रमाया परियार ४८८ र अल्पसङ्ख्य कतर्फ लरसि दरै ५०९ मत प्राप्त गरी निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ पवित्रा पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

महाधिवेशन प्रतिनिधिमा विजयीमध्ये आनन्दराज त्रिपाठी, देवकुमार श्रेष्ठ, आशा थापा र पूर्णबहादुर गुरुङ बास्तोलाको प्यानलका हुन भने अन्य सबै मौरातीको प्यानलबाट विजयी भएका हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS