images
images
images

विवेकशिल साझा पार्टी तनहुँको संयोजकमा नगेन्द्र शर्मा ढुंगाना

images

तनहुँ । विवेकशिल साझा पार्टी तनहुँको संयोजकमा नगेन्द्र शर्मा ढुंगाना चयन भएका छन ।

विवेकशिल साझा पार्टी गण्डकी प्रदेशको मंसिर २ गते बसेको बैठकले तनहुँको संयोजकमा ढुंगानालाई सर्वसम्मत मनोनयन गरेको हो ।

उक्त वैठक गण्डकी प्रदेशको सह-संयोजक जमुना शर्माको संयोजकत्वमा बसेको थियो ।

यसअघिका जिल्ला संयोजकले केहि समय अघि मात्रै पार्टी परित्याग गरेका थिए ।

पार्टीको व्यास नगर संयोजक सलमान अली र म्याग्दे गाँउपालिका संयोजक विश्वराज अच्छामीले पार्टी परित्याग नगरेको जिल्ला संयोजक ढुङ्गानाले जानकारी दिए ।

उनीहरुलाई पार्टीले दिएको जिम्मेवारीमा यथावतनै रहेको संयोजक ढुङ्गानाले बताए ।

उक्त पार्टीको जिल्ला सदस्यहरुमा कृष्ण थापा, कमल थापा, पुर्णकला पौडेल, अबिद मिश्र, बिमल के.सी, उत्सव अधिकारी, भुमिका बराल आचार्य, आकास खनाल, दिपेन्द्र थापा, शुसिला कैनी, सलमान अली, लक्ष्मण श्रेष्ठ, विश्वराज अच्छामी रहने पार्टीद्वारा विज्ञप्तीमा जनाइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS