तनहुँ । पृथ्वी राजमार्ग विस्तार सरोकार समितिको अध्यक्षमा सुदिन पौडेल चयन भएका छन ।
मंगलबार बन्दिपुर-५ का वडाअध्यक्ष ध्रुव प्रसाद लामिछानेकाे अध्यक्षतामा बसेकाे सर्बपक्षिय भेलाले पौडेलको अध्यक्षतामा १०१ सदस्यीय समिती गठन गरेको छ ।
पृथ्वी राजमार्ग विस्तारकाे सवालमा सराेकार समिति निर्माण गरिएको अध्यक्ष पौडेलले बताए ।
दक्षता अनुसार स्थानिय, श्रम र सामग्रीमा अग्रअधिकार हुनुपर्ने मुख्य उद्देश्य र पर्यावरणीय सुरक्षा अनुसार निर्माण कार्य हुनुपर्ने भन्दै समिति गठन गरिएको हो ।
त्यस्तै समितिको सचिवमा सुरेश क्षेत्री, उपाध्यक्षमा खगराज गौली, सहसचिवमा मदन पाटा र कोषाध्यक्षमा दुर्गा अर्याल चयन भएका छन ।