images
images
images

बुल्दि किनारमा झुन्डिएको अवस्था महिलाको शव फेला, हत्याको आशंका

images

तनहुँ । तनहुँको व्यास-१ स्थित बुल्दि किनारमा एक महिलाको शव फेला परेको छ ।

झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

बन्दिपुर-६ भर्र्याङ माइतीघर भई व्यास-१ भादगाउँ बस्ने ३३ वर्षीय स्यानु गुरुङ दरैको शव फेला परेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

झुन्डिएको अवस्था फेला परे पनि हत्याको आशंका आफन्तले गरेका छन ।

मृतक महिलाको श्रीमान प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images