images
images
images

गण्डकी प्रदेशका मन्त्री बि.क. सम्मानित

images

दमौली, २९ कात्र्तिक ।
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाद्वारा सोमबार दमौलीमा आयोजित सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
संघले गण्डकी प्रदेशका मन्त्री डोवाटे बिक,राष्ट्रिय दलित पत्रकार तनहुँका संघका सल्लाहकार,शुभचिन्तक एवं संघले स्थापना गरेको पत्रकारिता अक्षयकोषमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रले सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै मन्त्री बिकले संञ्चारमाध्यमले सूचना प्रवाह गरेर अन्याय, अत्यचार, दमन, शोषण र न्याय नपाएकाहरुको पार्टीले ढिलै भएपनि आफ्नो मुल्याङ्कन गरी सम्मान गरेको प्रति मन्त्री बिकले खुशी व्यक्त गरे । बन्दुकको गोली भन्दा पनि पत्रकारको कलमको मसी त्यति बलियो हुन्छ भन्ने कुराको प्रमाणित आफ्नै घट्नाले पुष्टि गरिदिएको उनले बताए ।
गण्डकी प्रदेश संञ्चार बिधेयक पहिलाको सरकार हुँदा फाइल टेबलमा रहेको र संञ्चारकर्मीहरुको व्यापक असन्तुष्टी र बिरोधका कारण त्यत्तिकै थाँती रहेको उनले बताए ।
आउँदो हिउँदे अधिवेशनमा त्यस विधेयकलाई सरोकारवालासंग छलफल गरी मिडियाको हकहितका पक्षमा काम गर्न पहल भैरहेको उनले बताए ।
दलित बिधेयक पारित गर्न जोड दिदै आएका छौ । उनले भने ‘दलितका क्षेत्रमा काम गर्दा थुप्रै अन्यायमा परेका, पहुँच नपुगेकालाई समेत सम्बोधन हुने गरी संविधानको दायर भित्र रहि काम गर्न सहज बनाउने तयारीमा जुटेका छौ ।’
गण्डकी प्रदेश सरकारले विकास निर्माणका कार्यलाई निरन्तरता दिदै गण्डकी प्रदेशबासीलाई पूर्ण खोप दिने नीति कार्यक्रम ल्याएको छ ।
कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई रु.५० हजार राहत,मृत्यु भएकाका बालबालिकालाइं रु.मासिक रु.पाँच हजार राहत र महिलाको पाठेघर,क्यान्सर शल्यक्रियामा निशुल्क उपचार र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको सो अवसरमा बताए।
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाका अध्यक्ष एस.बि.नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य कृष्ण सुनार,राष्ट्रिय दलित पत्रकार संघ तनहुँका सल्लाहकार एवं तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक (बिकास)नेपाल पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेल,राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिके लगायतका वक्ताहरुले दलित समुदायको हक अधिकारको लागि सम्बन्धित समुदायकै नेतृत्वको आवश्यक पर्नेमा जोड दिएका थिए । कार्यक्रममा संञ्चालन संघका सचिव अशोक बिश्वकर्मा र स्वागत संघका कोषाध्यक्ष शर्मिला बिकले गरेकी थिइन् ।
गण्डकी प्रदेशका मन्त्री बि.क. सम्मानित
 व्यवसायी सम्मानित
उक्त कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री डोवाटे बिश्वकर्मालाई सम्मान पत्रले सम्मान गरिएको छ । संघका अध्यक्ष एस.बि. नेपाली लगायतका पदाधिकारीहरुले समग्र दलित समुदायको प्रतिनिधित्व गर्दै जिल्लाबाट मन्त्री बन्न सफल हुनुभएको खुशीयालीमा उनलाई सम्मान गरिएको हो ।
त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकार बिनोद कुमार बिक (बिकास)लाई सम्मान पत्रले सम्मान गरिएको छ । हालै सम्पन्न अबिधेशनबाट तनहूँ सुनचाँदी व्यवसायी संघका अध्यक्षमा निर्वाचित भएका थिए । संघका शुभचिन्तक तनहुँ सुनचाँदी व्यवसायी संघका निर्वाचित उपाध्यक्ष हरि गहतराज,सचिव पदम सुनार र कोषाध्यक्ष रोहित सुनारलाई समेत सम्मान पत्रले गरिएको छ ।
यसैगरी संघले स्थापना गरेको पत्रकारिता अक्षयकोषमा आर्थिक सहयोग गर्नुहुने दातालाई सम्मान गरिएको छ । तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक बिकास,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य कृष्ण सुनारलाई सम्मान गरिएको हो ।
संघको अक्षयकोषको लागि बिनोदले रु.११ हजार दुई सय तेइस र कृष्णले रु.११ हजार एक सय आर्थिक सहयोग गरेको संद्धले जनाएको छ । त्यसैगरी प्रेस युनियन तनहूँका अध्यक्ष अम्मरराज नहर्कीले रु.पाँच हजार,रोहित सुनारले रु.पाँच हजार,मिनबहादुर चदारोले रु.पाँच हजार,गोपाल बिश्वकर्माले रु.पाँच हजार,नरबहादुर सुनारले रु.पाँच हजार आथर््िाक सहयोग गरेकाले सम्मान पत्रले सम्मान गरिएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS