images
images
images

डिएसपी तिमिल्सिना बने असोज महिनाको उत्कृष्ट प्रहरी

images

दमौली
जिल्ला प्रहरी कार्यलय तनहुँका प्रबक्ता एबंम प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिेना तनहुँ प्रहरीमा असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी बनेका छन् ।

बिभागीय मान्यता, आदेश निर्देशनको पालना र अनुशासित तवरले कर्तव्य पालनामा तल्लिन रहेको भन्दै तिमिल्सिनालाई असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित गरिएको हो ।

उनले चाडवाडको समयमा प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको र आपराधिक घटना संलग्न ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ आपराधिक घटनाको सुक्ष्म एवं सफल अनुसन्धानमा उल्लेखनीय योगदान पुराएको तनहुँ प्रहरीले जनाएको छ ।

डिएसपी तिमिल्सिनालाई तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रशंसा पत्र प्रदान गरेका छन् ।

images