तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष बिमल गुरुङसहित ५० जना युवा नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन ।
वडाअध्यक्ष गुरुङले नेकपा एमाले छाडेर आइतबार एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो बैठकमा वडाअध्यक्ष गुरुङको नेतृत्वमा भानुका ५० जना भन्दा बढी युवाहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिका र फुलमाला लगाएर नवप्रवेशीलाई स्वागत गरेका थिए ।
















