images
images
images

शुक्लागण्डकीमा करेन्ट लागेर युवकको मृत्यु, गर्भवती महिलासहित २ जना घाइते

images

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङ्चुङमा बिहिबार विहान विजुलीको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

घर अगाडीको ट्रान्समिटरमा अचानाक आगालागी भएपछि चार्जमा राखेको मोबाइल झिक्न जाँदा हाइभोल्टेज आएको कारण करेन्ट लागी २७ वर्षिय चित्रबहादुर राना मगरको ज्यान गएको हो ।

घट्ना विहान करिब ४ बजेतिर भएपनि ७:३० बजेतिर मात्र गाउँले तथा घर परिवारले थाहा पाएका थिए ।

कोठाभित्र हेर्दा एउटा हातले मोबाइल समातेको अवस्थामा चित्रबहादुर भुईमा लडिरहेका थिए।

उनको हातको औँलासंगै मोबाइल पनि जलेको भेटिएको स्थानीय पवन रानाले जानकारी दिए।

स्थानीयले उपचारका लागि तुरुन्तै जि.पि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

सोही लाइनको करेन्ट लागेर गाउँका अन्य दुई जना पनि घाइते भएका छन् ।

विद्युतीय सामाग्रीहरु चार्जमा राखेर सुतेका मृतकका काका दलबहादुर राना बत्ति झिमिकझिमक भएपछि मिटरबक्स अफ गर्न जाँदा करेन्टले हानेर भुईमा बजारिए ।

भुईमा बजारिएको हुदाँ उनको टाउको सुन्निएको छ भने देब्रो हातमा पोलेको दाग छ । त्यस्तै २४ बर्षिया गर्भवती महिला सोममाया थापा मगर घाइते भएकी छिन् ।

उनी पनि मिटर बक्स अफ गर्न जाँदा करेन्टले फाल्दियो । उनको पनि हातमा पोलेको दाग छ भने हात र खुट्टा झमझम गरेको उनले बताइन् । घाइते दुवै जनाको जिपि कोइराला अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

ग्रामिण विद्युतीकरण कार्यालयको लापरबाहीको कारण रानाले अकालमा ज्यान गुमाउनु परेको भन्दै पीडित पक्षले क्षतिपुर्तिको माग गर्दै शव उठाएका छैनन् ।

सामुदायिक ग्रामिण विद्युतीकरण दुलेगौँडा अध्यक्ष रामचन्द्र खनाल जिल्ला बाहिर रहेको र सचिव देवलाल खनालसंग छलफल भएपनि निचोडमा पुग्न नसकिएको छलफलमा सहभागी सुमन आलेले बताए ।

विद्युतीकरणका अन्य संचालक समितिका सदस्यहरुसहित भोलि विहान ८ बजे पुनः अस्पतल परिसरमा छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको छ । पीडित पक्षले क्षतिपुर्ति बापत रु २५ लाख माग गरेका छन् ।

आलेले ग्रामिण विद्युतीकरणको लापरबाहीका कारण अकालमा ज्यान गुमाउन परेको बताए । उनले भने–’नयाँगाउँ दुरुङचुङ प्रसारण लाइनको स्याङ्दी खोलामा फ्युज नहालीकन सोझै लाइन जोडिदिदाँ यो घट्ना भएको हो ।

यसअघि पनि पटक पटक फोन गरेर विद्युत लाइन व्यवस्थित गर्न अनुरोध गर्दा पनि कुनै वास्ता गरिएन । पहिला पनि गाउँमा करेण्ट लागेर गोर म¥यो, अपहले यस्तो दुखःद घट्ना भयो ।’

वडा नं ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले विद्युत लाइन व्यवस्थित गर्न बारम्बर सेवाग्राहीले फोन गर्दा पनि सुधारका लागि कुनै प्रयास नगरिरिनु भनेको नियोजित रुपमा घट्ना घटाउन खोजेको जस्तो देखिएको आरोप लगाए ।

उनले पीडितलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन माग गरे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS