images
images
images

राष्ट्रिय युवासंघ भानुका संयोजक लामासहित ७ युवा एकीकृत समाजवादी प्रवेश

images

तनहुँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ भानु नगरपालिकाका संयोजकसहित ७ जनाको युवा समुह नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन ।

बिहिवार नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले उक्त युवाको समुहलाई पार्टीमा प्रवेश गराएका हुन ।

संयोजक वीर बहादुर लामा (चिज लामा), संघका जिल्ला सदस्य मनोज कुमार श्रेष्ठ, सोम तामाङसहितको युवा समुह एकीकृत समाजवादी पार्टी प्रवेश गरेका हुन ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष शंकर नारायण श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

`हाम्रो यात्रा समाजवादकाे´भन्ने नाराका साथ एकीकृत समाजवादी पार्टी प्रवेश गरेको नवप्रवेशीहरु बताउछन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS