images
images
images

बसको ठक्करबाट घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यु, सम्पर्कमा कोहि आएनन्

images

तनहुँ । तनहुँमा बसको ठक्करबाट घाइते भई उपचाररत नामथर, वतन खुल्न नसकेको पैदलयात्रीको मृत्यु भएको छ ।

अन्दाजी ४५ वर्षीय पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत व्यास नगरपालिका–१ तालघरेमा ना ६ ख ५०३१ नम्बरको बसले ठक्कर दिदाँ सख्त घाइते पैदलयात्रीको पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका ती पुरुषको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा सामान्य उपचार पश्चात पोखरा स्थित मणिपाल अस्पतालमा रिफर गरिएको थियो ।

गत कार्तिक १७ गते बिहान उक्त नंम्बरको बसले ठक्कर दिदाँ घाइते भएका पैदलयात्रीको कार्तिक २१ गते मृत्यु भएको पृथ्वीराजमार्ग बस संञ्चालक कम्पनी प्रा.लि.का संञ्चालक ओमप्रकाश कार्कीले जानकारी दिए ।

ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

हालसम्म मृतकका आफन्तजनहरु सम्पर्कमा नआएको र उनको कोही आफन्जनले जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गर्न अनुरोध प्रहरीले गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS