images
images
images

शंकर भण्डारीको गाँउमा पुगे नेता जोशी

images

बाईसजाँगरका स्थानीय भन्छन् “ हामी नेता बिहिन भएका छौं ”

नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशी यति खेर गृह जिल्ला तनहुँमा छन् । गत सोमबारदेखी साताव्यापी जिल्ला भ्रमण लिएर तनहुँ आएका नेता जोशी अहिले जन्मगाँउ भानुको बिभिन्न बडामा स्थानिय नेता तथा कार्यकता भेटघाटमा निकै व्यास्त रहेका छन् । भानुको बिभिन्न वडामा भेटघाट कार्यक्रममा आज बिहान नेता जोशी कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीको गाँउ बाईसजाँगर पुगेका छन् ।

कार्यकर्ता भेटघाट गर्न बाईसजाँगर पुगेका जोशीले आफु शिक्षा मन्त्री हुदा देशभर एक हजार स्कुलको स्वीकृत दिएको र त्यस पछि नेपालमा कुनै पनि स्कुलहरुले स्वीकृत नपाएको जिकिर गरे । शिक्षाले समाजलाई अगाडी पुर्याउनु पर्छ भन्दै गर्दा एक थरी शिक्षाको दुरुपयोग गर्दै समाजलाई पछाडी धकेल्दै आफ्नो राजनितिलाई अगाडी बढाएको बताएका छन् ।

 

आफु मन्त्री हुदा तनहुँको जनतालाई रोजगार, शिक्षा,स्वास्थ्य आदि कुराहरुमा ध्यान दिएको तर अहिलेका नेताहरुले जनतालाई झुक्काउने काम मात्रै गरेको बताए ।

उनले भने ” केही दिन अघि शंकर भण्डारीले मलाई फोन गरे म संग राजनितिक कुरा गर्दै थिए, मैले भने तिमी संग मेरो राजनितिक कुरा हुदैन बरु गाई भैसी, दुध, दही बेच्ने कुरा गर्छै भने गर । तिमीहरु ५ जना केन्द्रिय सदस्यहरु शेरबहादुर संग बोल्न नसक्ने म संग केको राजनितिका कुरा गर्छै । ”

भण्डारीले जोशीको कारबार्ही फिर्ता बारेमा बारेमा सभापति संग कुरा गरेको तर सभापति नसुनेको बताएका थिए । स्थानीय नेता हरी कृष्ण श्रेष्ठले जोशीले गरेको बिकास त्यहाँको जनताले कहिले भुल्न नसक्ने बताएका छन् । उनले भने जोशी सरले स्वीकृत दिनुभएको स्कुलहरु आज बन्द हुने स्थितीमा पुग्न लागेको छ । सरले जति जिल्लमा कसैले गर्न सकेको छैन् यस पटक फेरी पनि जोशी सरलाई सबैले साथ दिए अगाडी बढाउनु पर्छ । यस्तै अर्का स्थानीय नेता दुर्गा बहादुरले भने हामी विपक्षी मा भए पनि वहाँले धेरै विकास गर्नु भएको थियो। अब बिचार धारा मा मात्र पछी नलागेर राम्रो बिकास प्रेमी नेता चाईएको छ। हामी नेता विहिन भएको छौं।

नेता जोशीको सो कार्यकर्ता भेटघाट कार्यक्रमाम सबै पार्टी स्थानीय नेताहरmलाई समेत भेटका छन् । जोशी आजै भानुका सबै कार्यक्रमलाई सकेर सदरमुकाम दमौली आउने छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS