images
images

तीन वर्ष उखानटुक्का चल्यो, अब हामी जनताले महसुस गर्ने गरी काम गर्छौं : श्रममन्त्री श्रेष्ठ

images

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले यसअघिको तीन वर्ष देशमा काम नभएको भन्दै आफूहरु जनताले महसुस गर्ने गरी काम गर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै श्रेष्ठले यसअघिको तीन वर्ष उखान टुक्का सुन्दासुन्दै बितेको बताए ।

‘बालुवाटारमा बस्नुभाछ । योजना, कहाँ हो, के हो ? बजेट कता के हो ? स्टिमेट छ कि छैन, सर्भे भाछ कि भाछैन । फ्याट्ट स्वीच थिचिदिने, उद्घाटन गर्ने, शिलान्यास गर्ने । यो नेपाली जनताले राम्रोसँग बुझेका छन्,’ मन्त्री श्रेष्ठले भने, ‘अब साँच्चिकै अनुभूति हुने गरी काम हुन्छ ।’

पोखरामा बुधबार कार्यकर्ता भेटघाटमा नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका श्रेष्ठले आफ्नो पार्टी कमजोर नभएको र अब झनै बढी जनताको मन जित्ने गरी काम गर्ने दावी गरे ।

सकेसम्म नेपालमा नै रोजगारीको अवस्था सिर्जना गर्ने तर, तत्काल धेरैलाई रोजगारी दिने अवस्था नभएकाले बढीभन्दा बढी पारिश्रमिक हुने गन्तव्य मुलुकमा वैदेशिक रोजगारीमा पठाउने मन्त्री श्रेष्ठको भनाइ छ ।

‘कतारमा वर्ल्डकप हुँदैछ । १० हजार जनाको कतारी पुलिसको डिमाण्ड आउँदैछ । ८० हजार सेक्युरिटी गार्डका लागि कुरा आइराखेको छ । जापानबाट पनि डिमाण्ड आइराखेको छ,’ श्रम मन्त्री श्रेष्ठले भने, ‘यो सरकारका पालामा गण्डकी प्रदेशका भाइबहिनीहरु कम्तीमा नि ५ हजार जनालाई राम्रो गन्तव्यमा पठाएर पार्टीमा प्रतिवद्धता गराएर समयमा आआफ्नो ठाउँमा आउने गरी काम गर्ने कुरा पनि प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

मन्त्री श्रेष्ठले नेकपा एकीकृत समाजवादी बलियो हुँदै जाँदा नेकपा एमाले अत्तालिन थालेको टिप्पणी गरे । उनले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहने दाबी गरेका छन् । वडास्तरमा समेत गठबन्धनलाई बलियो बनाउँदै अरुभन्दा बलियो पार्टी बनाउनुपर्ने उनको धारणा छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS