images
images
images

रहेनन् प्रजातन्त्र सेनानी वाग्ले

images

तनहुँ । नेपाली कांग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी रविचन्द्र वाग्लेको निधन भएको छ । लामो समय क्यान्सरबाट थलिएका वाग्लेको उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

उनी केही समय यता किमोथेरापीबाट उपचारमा संलग्न थिए । लामो समय प्रजातान्त्रिक आन्दोलनमा सघाएवापत कांग्रेसले उनलाई प्रजातन्त्र सेनानी सम्मान दिएको थियो ।

उनी कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेका काका तथा रिपोटर्स क्लब गण्डकी अध्यक्ष मदन वाग्लेका पिता हुन् । स्वर्गीय वाग्लेको बुधबार बिहान सेतीमादी शवदाहस्थलमा अन्त्येष्टि गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS