
” जिल्लको नेतृत्व गर्द जिल्लाका आइपर्ने समस्यालाई समाधान गर्न सक्ने हुनुपर्छ जोशी “
नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशी भानु पुग्दा स्थानीयहरुले विभिन्न पार्टीका नेताहरुले आफुहरुलाई १८ बर्ष सम्म भुक्काएको नेता जोशीलाई बताएका छन् । सोमबार जन्मस्थल भानु पुगेका जोशीले गाँउका कार्यकर्ता भेटघाट गरेका छन् । सो अवसरमा भाबुक हुदै स्थानीयबासीले जोशी सत्तामा नहुदा बिकासमा पछाडी परेको बताएका हुन् । चुनाब विभिन्न पार्टीका नेताहरुले सडक पिच गराईदिने, बिकास गर्ने लोभ देखाए हामीले सबैदलका नेतालाई जितायौ तर चुनाब पछी कोही र्फेकर आएनन् हामीलाई झुक्काए स्थानीयले बताए । कालीमाटी- कुन्छा सडक खण्ड कालोपत्री गराईदिने कांग्रेस देखी तत्कालिन एमालेका साम्सदहरुले बताए पनि बिकासमा केही नगरेको जोशीसंग बताएका छन् । नेता जोशीले भानुका जनताको लागि आफु भन्दा नजिकको अरुको हुन नसक्ने बताएका छन् । म यहीँ जन्मेर यही हुर्केको हु यहाँको हरेक कुरा संग म परिचित छु भन्दै जोशीले आगामी निर्वाचनमा भानुको मात्र नभइए समग्र तनहुँ जिल्लाको बिकासका लागि आफुले जनताको टिकटबाट चुनाब लड्ने बताएका हुन् ।
जनताको टिकटबाट चुनाब लड्छु : नेता जोशी
नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले आगामी संघिय चुनाबमा जनताको टिकटबाट चुनाब लड्ने घोषणा गरेका छन् । सोमबार साता व्यापी जिल्ला भ्रमण शुरु गरेका पूर्व मन्त्री जोशीले मंगलबार भानु नगरपालिकाको विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागी हुने क्रममा सो धारणा राखेका हुन् ।
काँग्रेसको नेतृत्वले ढाँटछल गरेर झुक्काएर योग्य व्यक्तिलाई टिकट नदिने भएकोले आफ्नो टिकट आफै लिएर आफ्नो समाज बनाउनु पर्ने नेता जोशीको भनाई थियो । यही अभियान अन्तरगत यसपाली तनहूँ १ क्षेत्र बाट संघिय चुनावमा स्वतन्त्र उम्मेद्वार भएर आफू लड्ने जोशीले बताए । विभिन्न पार्टीमा आस्था राख्ने सबै तनहुँबासीलाइ एक चोटी भोट दिएर सहयोग गरिदिन जोशीले आग्रह गरे ।