images
images
images

पोखरामा जेब्राक्रसमै गाडीको ठक्करबाट तनहुँका १४ वर्षीय खनालको मृत्यु

images

तनहुँ । पोखरामा गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

आइतबार साँझ पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्ने गणतन्त्र चोकस्थित सडकको जेब्रा क्रसमा हिँडिरहेका बालकलाई गाडीले ठक्कर दिएर भागेको हो ।

दुर्घटनामा तनहुँ घर भई हाल पोखरा–५ बस्दै आएका १४ वर्षीय शुभम खनालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका बालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

बालकलाई ठक्कर दिने सवारीको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले बताए । बालक पोखरास्थित शान्ति निकेतन स्कुलको कक्षा पाँचमा अध्ययनरत थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS