तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले दुई आमा समूहलाई आफुले पाउने मासिक तलबभत्ता बापतको रकम प्रदान गरेका छन् ।
श्रममन्त्री श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहलाई रु ५०/५० हजार हस्तान्तरण गरेका हुन् ।
मन्त्री श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै आफ्नो तलबभत्ता बापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका छन् ।
श्रममन्त्री श्रेष्ठले यसअघि पनि जिल्लाका विभिन्न संघसंस्थालाई आफ्नो तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन ।