images
images
images

पूर्वमन्त्री जोशी गृह जिल्लामा ,नेपाली काँग्रेस पार्टीले ठुलो मूल्य चुकाउनेछ ः पूर्वमन्त्री जोशी

images

 

पूर्वमन्त्री एवं नेपाली काँग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी गृह जिल्लम आएका छन् । लामो समय पछि जिल्ला आएका जोशीको अहिलेको घरदैलो अभियानलाई निकै अर्थ पूर्ण ढङ्गबाट हेरीएको छ । यसैवचि पूर्वमन्त्री जोशीले नेपाली काँग्रेस पार्टीले ठुलो मूल्य पार्टीले चुकाउनु पर्ने समय आएको बताएका छन् । पूर्वमन्त्री जोशी बीपी विचार समाज तनहुँले आइतबार व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । पूर्वमन्त्री एवं नेपाली काँग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफूलाई पार्टीले गरेको कारबाही फिर्ता गर्नुको कुनै औचित्य नभएको बताउका हुन् । राजनीतिमा अघि बढ्न नदिने खेलका विरुद्ध कारबाही गरिएको र त्यसको ठुलो मूल्य पार्टीले चुकाउनु पर्ने जोशीले बताए । ‘‘समयमा नै फिर्ता गर्नु पथ्र्यो चौधौं महाधिवेशनमा लड्न नमिल्ने गरी भएको फुकुवाको कुनै अर्थ छैन’’ पूर्वमन्त्री जोशीले भने कारबाही फिर्ता गर्नुको कुनै औचित्य छैन् ।’ पूर्वमन्त्री जोशीले जिल्लाका विभिन्न स्थानमा साताव्यापी भ्रमण तालिका सार्वजानिक समेत गरेका छन् । जोशीले आगामी स्थानीय निर्वाचनमा ‘आफ्नो टिकट आफै लियौं र योग्य व्यक्तिलाई विजयी गराऔं’ भन्ने अभियान पनि कार्यक्रममा गरेका छन् । ‘फेरि एकपटक अपहेलित, पीडित र अपमानित नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू पुनः काँग्रेसलाई सही बाटोमा हिडाउन पार्टीभित्रै आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको जोशीको भनाई रहेको छ । कार्यक्रम बीपी बिचार समाज तनहुँका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजकी सदस्य बालकुमारी लोहनी, गण्डकी प्रदेश सचिव परशुराम गिरी, उपसभापति गोपालप्रसाद भण्डारी, सचिव हरिशरण पण्डित सदस्यहरु, पूर्व डिआईजी खोजबहादुर गुरुङ, रामदेव पन्थ, रामबहादुर घिमिरे लगायतले सक्षम नेतालाई पाखा लगाउने षड्यन्त्र गर्दा पार्टीलाई ठुलो क्षति हुने भएकोले नेतृत्व तहले पार्टीले वार्ता र संवाद गरी एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिएका थिए । पूर्वमन्त्री जोशीलाई नेपाली कांग्रेस पार्टीको केन्द्रीय अनुशासन समितिले पाँच वर्षको लागि साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो । २०७७ साल साउन १० गते समितिले पाँच वर्षको लागि पार्टी साधारण सदस्यबाट निष्कासन गरेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS