
तनहुँ । तनहुँको ढोरफिर्दीमा कौडा खेलिरहेका २९ जना पक्राउ परेका छन् ।
तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं ८ ढोरफिर्दी लालीम बस्ने बिल बहादुर गुरुङको घरबाट बुधबार राति १ बजे २९ जना जुवाडे नगदसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनि बिल बहादुर गुरुङ अन्य खेलाडीहरु भानुभक्त पराजुली,सुरज रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल,मोहित जुहारचन, रमेश भट्टराई, राजु पुन, गोविन्द बि।क।,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बि।क।, रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल गरी २९ जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
कौडा खेली रहेको खालबाट खेल्दै गरेको कौडा १६ वटा, भिष्टिङ् उठाउन प्रयोग गरेको बट्टामा बैकल्पिक रुपमा राखेको कौडा १६ वटा गरी जम्मा कौडा ३२ वटा र नगद रु ९ लाख ११ हजार ४०५ बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठुलो धनराशीमा कौडा खेल भई रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली खटी गई सम्बन्धित घरमा खानतलासी गरेको थियो ।