
तनहुँ । सुनचाँदी व्यवसायी संघ तनहुँको अध्यक्षमा विनोदकुमार विक निर्वाचित भएका छन् ।
शनिबार भएको तेश्रो अधिवेशन अन्तर्गत आईतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा विजयी विकले ९२ मत तथा प्रत्यासी एक बहादुर विकले ७५ मत पाए ।
अधिवेशनबाट उपाध्यक्षमा ९० मतका साथ हरि गहतराज निर्वाचित भए । उनका प्रतिष्पर्धी भिमबहादुर विकले ७९ मत पाए ।
अधिवेशनबाट सचिवमा विजयी पदमबहादुर सुनारले एक सय मत प्राप्त गरे । सचिवका अर्का प्रत्यासी पूर्णबहादुर विकले ६३ मत पाए ।
संघका निवर्तमान अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मन्त्री डोवाटे विश्वकर्माले देशको अर्थतन्त्रमा सुनचाँदी व्यवसायको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।