images
images
images

जनता समाजवादी पार्टीद्वारा देवघाट गाउँपालिकामा संगठन विस्तार, अध्यक्षमा थापा

images

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ नयाँ बस्तीमा एक कार्यक्रमको आयोजना गरि जनता समाजवादी पार्टी नेपालले देवघाटमा आफ्नो संगठन विस्तार गरेको छ ।

सुज अभियान अन्तर्गत शनिबार देवघाटमा सम्पन्न एक भेलाले दिल बहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय जनता समाजवादी पार्टी, देवघाट गाउँपालिका स्तरीय समिति गठन गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य खडक बहादुर आलेले दिएको जानकारी अनुसार समितिको उपाध्यक्ष पदमा सुकलाल मगर, महिला उपाध्यक्षमा सरिता नेपाली र सचिव पदमा दिपेश न्यौपाने चयन भएका छन ।

यसैगरि सहसचिव पदमा दिल बहादुर गुरुङ र कोषाध्यक्षमा कोपिला भुजेल चयन भएका छन।

अन्य सदस्यहरुमा तारानाथ न्यौपाने, सुक बहादुर गुरुङ , सुक माया थापा, बलबहादुर आले, तिल बहादुर मगर लगायतका सदस्यहरु रहेका छन ।

सो अवसरमा पार्टीका पदाधिकारी सदस्य एवं पूर्वमन्त्री शिवलाल थापा, केन्द्रीय सदस्यद्वय देवेन्द्र थापा, पान बहादुर घर्ती, सल्लाहकार सदस्य कृष्णराज घिमिरे लगायत सहभागी थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS