तनहुँ । नेकपा एमाले ऋषिङ गाउँ कमिटीको अध्यक्षमा गञ्जसिंह गुरुङ सर्वसम्मत भएका छन् ।
बिहीबार भएको गाउँ अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा हरिसिंह थापा, सचिवमा कविराज श्रेष्ठ, उपसचिवमा भुवनबहादुर राना र पुननारायण विक सर्वसम्मत भएको छ ।
गाउँ कमिटी ५३ सदस्यीय बनेको छ ।
यो सँगै तनहुँका ७ स्थानीय तहमा नेकपा एमालेको गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत सम्पन्न भएको थियो ।
व्यासमा विरेन्द्र अधिकारी, शुक्लागण्डकीमा मुक्तिनाथ तिम्लिसिना, भानुमा प्रेमकुमार राना, बन्दीपुरमा सुरेन्द्र थापा, आँबुखैरेनीमा मिना थापा गाउँ तथा नगर कमिटिको अध्यक्ष बनेका हुन् ।
अब जिल्ला तीन गाउँपालिकामा गाउँ अधिवेशन बाँकी छ ।