तनहुँ । तनहुँको व्यास-१ मा रहेको आदिकवि भानुभक्त क्याम्पसमा बिहिबार रक्तदान कार्यक्रम भएको छ । क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको सर्कलका सचिव सुमन खड्काले जानकारी दिए ।
“रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ आयोजित खुल्ला रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस साेसाईटिका केन्द्रीय सदस्य प्रदिप घिमिरे रहेका थिए । सो अवसरमा घिमिरेले मानव सेवामुलक कार्यलाई अगाडि बढाउन पर्ने बताए ।
क्याम्पस संचालक समितिका अध्यक्ष बर्मदत्त तिम्लसेनाले विद्यार्थीहरूलाई एक आपसमा घुलमिल र आत्मियताको भावना निर्माण गरि मानवसेवा हुने कार्यक्रम गरेमा धन्यवाद ज्ञापन गरे ।
व्यवस्थापन विद्यार्थी सर्कलका अध्यक्ष दिनेश विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डा राकुमार अधिकारी र सागर पाैडेल, व्यवस्थापन विभाग संयाेजक रामभत्त अधिकारि, नेपाल रेडक्रस तनहुँका उपसभापति ऋषिराम पोख्रेल, स्ववियु सभापति दुर्गा भण्डारी, जीवन सेवा अभियानका संस्थापक एवं युथ कंग्सरे तनहुँका संयोजक राजेश कुमार श्रेष्ठ , रेड्क्रस सर्कलका अध्यक्ष सन्देश अधिकारी सर्जनशिल मञ्चका अध्यक्ष सागर पाण्डे, जीवन सेवा अभियानका अध्यक्ष पुजा सुनार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत सर्कलका उपाध्यक्ष अस्मिता अधिकारी र संचालन सचिव सुमन खड्काले गरेका थिए ।