images
images
images

एमाले तनहुँले ५ स्थानीय तहकाे नेतृत्व टुङ्गायो, पाँच स्थानिय तहमा बाँकी (सूचि सहित)

images

तनहुँ । नेकपा एमालेले तनहुँ जिल्लाका ५ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको मंगलवार सम्पन्न प्रथम अधिवेशनले जिल्लाका १० स्थानिय तह मध्ये पाँच वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

जसअनुसार एमाले व्यासनगर कमिटीको अध्यक्षमा वीरेन्द्र बहादुर अधिकारी चयन भएका छन । कमिटिको उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिव ज्ञानेन्द्र बसौला र उपसचिवमा मधुविलास पण्डित र सिता थापा पाण्डे चयन भएका छन् । अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।

त्यस्तै एमाले आँबुखैरेनी गाउँकमिटिको अध्यक्षमा मिना अधिकारी निर्वाचित भएकी छिन । कमिटिको उपाध्यक्षमा चन्द्र बहादुर थापा, सचिव बेल बहादुर गुरुङ, उपसचिवमा जलामुद्दिन मिया र पूर्ण बहादुर आले मगर निर्वाचित भएका छन्। गाउँ कमिटिको प्रथम अधिवेशनले अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय कमिटि गठन गरेको छ ।

त्यस्तै बन्दिपुरको गाउँ कमिटीको अध्यक्षमा सुरेन्द्र थापा चयन भएका छन । कमिटिको उपाध्यक्षमा शिव कुमार श्रेष्ठ, सचिव कुलेन्द्र गौतम, उप सचिवमा रबि श्रेष्ठ र अमिर गुरुङ चयन भएका छन । अधिवशेनले थापाको अध्यक्षतामा ५५ सदस्यिय कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ ।

भानु नगर कमिटिको अध्यक्षमा प्रेम राना चयन भएका छन । नगरकमिटीको उपाध्यक्षमा दलनारायण श्रेष्ठ , सचिवमा परशुराम गिरी र उप सचिवमा रुपा लामा र देव भुजेल चयन भएका छन । मंगलबार भएको अधिवेशनले रानाको अध्यक्षतामा ७५ सदस्यिय कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ ।

त्यस्तै एमाले शुक्लागण्डकी नगर कमिटिको अध्यक्षमा मुक्ति तिमिल्सेना चयन भएका छन् । कमिटिको उपाध्यक्षमा इन्द्र गुरुङं, सचिवमा रघुनाथ पौडेल र उपसचिवमा विष्णुमाया ढकाल र युवराज भट्टराई चयन भएका छन् । अधिवेशनले तिमिल्सेनाको अध्यक्षतामा ७५ सदस्यिय नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ ।

अधिवेशन हुन बाँकी रहेका अन्य स्थानीय तहमा एक सातामा अधिवेशन सम्पन्न भईसक्ने नेकपा एमाले तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS