images
images
images

व्यास नगरपालिका भित्र भोलि एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइदै (खोप केन्द्र सहित)

images

तनहुँ । तनहुँको व्यास नगरपालिकामा भोलि (कात्तिक ११ गते) एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत भदौमा पहिलो मात्रा लगाएका लक्षित समूहलाई दोस्रो मात्रा लगाउन लागिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

व्यास नगरपालिका भित्रको आदिकवि भानुभक्त क्याम्पस, दमौली मावि, सत्यवती मावि, महर्षि वेदव्यास संस्कृत मावि लगाएतका स्थानमा खोप अभियान सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

उक्त खोप १८ वर्षमाथिका कक्षा १२ का विद्यार्थी, सौन्दर्य व्यवसायी, तरकारी व्यवसायी, शैलुन व्यवसायी, जनगणनाका कर्मचारी लगायतलाई लगाइने नगरपालिकाले जनाएको छ ।

त्यस्तै व्यास नगरपालिकाको सभाहलमा कात्तिक १२ र १४ गते पनि खोप सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS