तनहुँ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पुर्वमन्त्री किरण गुरुङले जनताको विश्वास जिते मात्रै चुनाव जित्न सकिने बताए । उनले सो कुरा नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यासनगरको प्रथम नगर अधिवेशनका अवसरमा बताएका हुन ।
एमालेले गरेका काम ऐतिहासिक भएको पुर्वमन्त्री गुरुङले दाबी गरे । उनले अगाडि भने ‘एमालेले हिड्ने बाटो नै मुल बाटो हो ।’ आगामी निर्वाचनमा व्यास नगरमा जित्ने उनले दाबी गरे । उनले थपे ‘एमाले आगामी चुनावमा पहिलो नम्बरमा आउछ ।’
देश र जनताको लागी एमाले हिजोदेखि आजसम्म लड्दै आएको पुर्वमन्त्री गुरुङले बताए ।
सत्तामा नपुगी समृद्धिको बाटोमा जान नसकिने पुर्वमन्त्री गुरुङले बताए । उनले भने ‘हाम्रो लक्ष्य भनेको समाजवाद उन्मुख हो ।’
उनले भने ‘पहिले व्यासमा एमालेको कमिटीमा बस्न एक जना पनि हुँदैन्थ्यो तर आज अध्यक्षका लागी ७ जना आकांक्षी देखिनु हाम्रो सफलता हो ।’
‘हाम्रो पार्टीमा कुनै गुट उपगुट छैन, हिजो थियो तर आज कुनै गुटबन्दी छैन । एमाले एक भईसकेको छ ।’ पुर्वमन्त्री गुरुङले भने ।