images
images
images

सत्यवति माविको निर्वाचन स्थगित, अभिभावकको परिचयपत्र बनाएर चुनाव हुने

images

तनहुँ । तनहुँको व्यास नगरपालिका २ स्थित सत्यवती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदको लागि कार्तिक १० गते हुन लागेको निर्वाचन स्थगित भएको छ ।

व्यास नगरपालिकाले यसअघि अवधि पुगेका सबै सामुदायीक विद्यालयको व्यवस्थापन समिति भङ्ग गरेर नयाँ समिति गठनको आह्वान गरेको थियो ।

परिचय पत्र बनाउनुपर्ने भएको कारण देखाउदै कार्तिक १० गते हुने भनिएको अध्यक्ष चयन प्रक्रिया स्थगित गरिएको व्यास नगरपालिकाको शिक्षा शाखाका प्रमुख नरेन्द्र प्रसाद रेग्मीले बताए । उनले अगाडी भने ‘आकांक्षीहरु बिच सहमति भए चाडै निर्वाचन हुनसक्छ नभएमा कार्तिक २७ वा मंसिर ४ गते निर्वाचन हुन सक्छ ।’

‘अभिभावकहरुको परिचयपत्र बनाउनुपर्ने भएकाले अहिले निर्वाचन स्थगित भएको हो’ प्रमुख रेग्मीले भने ‘उम्मेदवारहरु संगको सामुहिक छलफलमा नै सो निर्णय आज बिहान भएको हो ।’

विद्यालयका अन्य पदाधिकारीहरु चयन भईसकेको भएपनि सत्यवपति मा.वि. मा अध्यक्ष चयन हुन सकेको छैन ।

अध्यक्षमा ४ जना आकांक्षीहरु भएको कारण लामो समयदेखिको सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमा १० गते निर्वाचन हुने मिति तोकिएको थियो । अध्यक्षका लागी माधव अधिकारी, शुरेश वाग्ले, सुर्यचन्द्र लम्साल र करुण काफ्लेले उम्मेदवारी दर्ता गरेका छन् । अधिकारी नेकपा एमाले निकट हुन भने अन्य सबै नेपाली कांग्रेस निकटका उम्मेदवार हुन् ।

समितिको सदस्यमा भने रिता रेग्मी सिग्देल, गौरीशंकर थापा र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत चयन भईसकेको छन् ।

व्यास नगरपालिकाले अन्तरिम कालकोलागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेबारी तोकेका व्यास नगरपालिका २ का वडाध्यक्ष काशिराम श्रेष्ठले आफूहरुले सामूहिक तथा व्यक्तिगत रुपमा समेत पटक पटक प्रयास गरे पनि कोही पनि उम्मेदवार सहमतिका लागि तयार नभएको बताए ।

सत्यवतीमा १८ सय भन्दा बढि अभिभावक रहेका छन् ।

सो विषयमा उक्त विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सूर्यभक्त अधिकारीले चुनाव रोक्नु लज्जास्पद भएको बताए । उनको आरोप छ ‘सकेसम्म मिचेर अनि अभिभावकलाई धम्क्याएर आफ्ना व्यक्तिलाई चुनाव जिताउने प्रयत्नशील रहेका थिए तर आफुले बोकेर हिडेका व्यक्ति ले नै चुनाब हार्ने देखेपछि अन्तिम अवस्थामा आएर स्थगित गर्नु भनेको सम्पुर्ण बुद्धिजीवी अभिभावकहरुलाई धोका दिनु हो ।’

उनले थपे ‘एकातिर यो नियोजित योजना व्यास नगरपालिकाको निर्देशनमा काम गर्ने व्यास शिक्षा शाखा र व्यास नगर पालिका वडा नम्बर दुइका एक दुई जना व्यक्तिको कारण सत्यवती विद्यालयमा हस्तक्षेपकारी भुमिका खेलेको कुरा सबैलाई जानाकारी हुनुपर्छ । तर सत्यवती विद्यालय जस्तो एउटा गरिमा बोकेको विद्यालयमा आफू अनुकुलका व्यक्तिलाई अध्यक्ष बनाउने योजना अनुरुप सफल हुन नसक्ने देखेपछि अन्तिम अबस्थामा आएर चुनाब नै स्थगित गर्नु बडो हाँस्यास्पद र लज्जास्पद पुर्ण व्यवहार राम्रो देखिएन ।’ यदि राजनीतिक गर्ने मनसाय नै हो भने सत्यवती माध्यमिक विद्यालयमा पार्टीको झण्डा र पार्टीको बोर्ड राखेर देखाउन चुनौती दिन चाहान्छु होइन भने भाषणमा सत्यवती स्कुल राम्रो हुनुपर्छ भन्ने व्यवहारमा आफ्ना मान्छे नै भर्ती गर्नुपर्ने ???

उनि अगाडी भन्छन ‘अर्को कुरा राजनीतिक व्यक्ति ले जहिले पनि आफ्नो भोटको लागि हेरेर काम गरेको हुन्छ । त्यसैले अभिभावक ज्युहरु यो कुरा बुझ्नु जरुरी छ कि भोलि पछुतो मान्नु भन्दा आज नै राम्रोसँग बुझेर सत्यवती स्कुलको लागि उपयुक्त व्यक्ति अध्यक्ष बनोस् भन्ने अवधारणा ले काम गरिदिनु होला भन्ने मेरो अनुरोध छ ! स्कुल सधैं स्कुल रहनुपर्छ नकि कुनै पनि पार्टीको कार्यलय सम्झनु हुँदैन !’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS