damuli hospatail

१३ मंसिर २०८०, बुधबार

एमालेको स्थानीय तहको अधिवेशन आज, व्यासनगरको अध्यक्षमा ७ जना आकांक्षी

तनहुँ । नेकपा एमालेको स्थानीय तहको अधिवेशन मंगलबार हुने गईरहेको छ । गत शनिबार वडा अधिवेशन आयोजना गरेको एमालेले आज देशैभरका ७५३ स्थानीय तहको अधिवेशन गर्ने भएको छ ।

तनहुँमा पनि १० वटै स्थानीय तहको अधिवेशन आज मंगलबार हुँदैछ । अधिवेशनलाई भर्चुअल माध्यमबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

व्यास नगरपालिकाको दमौलीमा, भानु नगरपालिकाको भन्सारमा, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा, भिमाद नगरपालिकाको भिमाद बजारमा,आँबुखैरेनी गाउँपालिकाको आबुँखैरेनी बजारमा, देवघाट गाउँपालिकाको देवघाटमा, बन्दिपुर गाउँपालिकाको बन्दिपुरमा, म्याग्दे गाउँपालिकाको जामुनेमा, ऋषिङ गाउँपालिकाको कोटदबारमा र घिरिङ गाउँपालिकाको पोखरीछापमा अधिवेशन हुने एमाले कार्यालय सचिव राजेश्वर ढकालले जानकारी दिए । स्थानीय तहको अधिवेशनमा तनहुँका केन्द्रीय नेता र प्रदेशका नेताहरु अतिथीको रुपमा सहभागी हुने छन् ।

व्यासमा ७ जना आकांक्षी

यसैविच व्यास नगर कमिटिको अधिवेशनलाई सबैभन्दा महत्वपुर्ण रुपमा हेरिएको छ । सदरमुकाममा रहेको पालिका भएको कारण पनि व्यास नगरको अधिवेशनलाई एमालेका कार्यकर्ताहरुले पनि सबैभन्दा महत्वपुर्ण रुपमा लिएका छन् ।

व्यासमा नेतृत्वको आकांक्षीहरु पनि धेरै देखिएका छन् । एमाले व्यास नगर कमिटिको अध्यक्षमा हालसम्म ७ जना आकांक्षी देखिएका छन् । सहमतीमा नेतृत्व चयन गर्ने नेताहरुको प्रयाससँगै सातै जनाले आफ्नै नाममा सहमतीको पहल पनि गरेका छन् ।

हालसम्म इश्वरबहादुर विष्ट, अनिल पाण्डे, तुल्सीराम पाण्डे, ऋषिराम भुषाल, बसुन्धरा घर्ती र ज्ञानेन्द्र बसौला र प्रेमप्रसाद पौडेलले व्यास नगरको अध्यक्षमा आकांक्षा राखेका छन् । सातै जना मध्येबाट एकलाई सहमतीमा अध्यक्ष बनाउन नेताहरुले प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala