images
images
images

यौन दुर्व्यवहारको आरोप लागेसंगै घरबिदामा शिक्षक नेता

images

तनहुँ । यौन दुर्व्यवहारको आरोप लागेका तनहुँका एक शिक्षक नेता घरबिदामा बसेका छन् । यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेका नेपाल शिक्षक संघ तनहुँका सचिव एवं बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक पदम खनाल घरबिदा बसेको उक्त विद्यालयका प्रअ राजेन्द्र खनालले जानकारी दिए । शुक्रबारदेखि सोमबारसम्म विद्यालयमा शिक्षक खनालले हाजिरी गरेका छैनन ।

फेसबुक म्यासेन्जर मार्फत महिला शिक्षिकालाई यौन दुव्र्यवहार गरेको आरोप शिक्षक खनाललाई लागेको छ ।

‘उहाँ(शिक्षक पदम खनाल) गत शुक्रबारदेखि विद्यालय आउनुभएको छैन ।’ प्रअ खनालले भने ‘खनाल सरले घरायसी कारणले विद्यालय आउन नसक्ने भन्नुभएको छ ।’ शिक्षक खनालले विद्यालयमा नेपाली र शिक्षा विषय अध्यापन गराउछन ।

खनाल विरुद्ध जिल्लाकी एक शिक्षिकाले शुक्रबार नेपाल प्रहरीको केन्द्रीय साइबर अपराध व्यूरोमा उजुरी समेत दिएकी छिन ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमाकान्त शर्माले शिक्षक सरुवामा आर्थिक लेनदेन हुने गरेको विषय सार्वजनिक गरे लगत्तै महिला शिक्षकहरु माथि सामाजिक सञ्जाल मार्फत यौन जन्य दुव्र्यवहार हुने गरेको विषय सार्वजनिक भएको हो ।

सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमार्फत शिक्षक खनालले यौन प्रस्ताव गरेर महिला शिक्षक माथि दुव्र्यवहार गरेको पीडित शिक्षिकाले बताएकी छिन । उजुरीमा यौनजन्य सामाग्रीले आफूलाई तनाव दिने काम गरेको उल्लेख गरिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालयमा खनाल विरुद्ध उजुरी दर्ता गर्न खोजिएको भएपनि प्रहरीले केन्द्रीय साइबर अपराध व्यूरोमा उजुरी दर्ता गर्न सुझाव दिइएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

‘अनुसन्धानका सबै कार्य व्यूरोले नै गर्ने भएकोले माथि नै उजुरी गरेको हुन सक्छ ।’ प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले भने ‘जिल्लालाई कुनै जानकारी आएको पनि छैन्,सहयोगको लागि माग भए सहयोग गर्छौ ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS