तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । गत शुक्रबार जिल्लाको व्यास नगरपालिका वडा नं १ मोहरियाटार स्थितमा काशीराम पन्थको घरमा हार जितको बाजी राखी जुवातास खेली रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा उक्त ७ जना जुवाडे पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक शिवराज क्षेत्रीको कमाण्डमा १० जनाको प्रहरी टोली उक्त घर खानतलासी गर्दा उक्त घरमा तास खेलिरहेको अवस्थामा घरधनी काशीराम पन्थ, हरी बहादुर पन्थ, सुरज पन्थ, उमानन्द तिवारी, बिनोद पन्थ, तिलक बहादुर गुरुङ, प्रमनध्वज थापा मगरलाई फेला परेको प्रहरीले जनाएको छ ।
उनिहरु खेलिरहेको खालबाट एकमुष्ट रुपमा नगद रु ४७ हजार ६८० र तासका पत्तिहरु १५९ थान बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।