images
images
images

विश्व पोलियो दिवसमा दमौलीमा ‘पोलियो जनचेतना र्याली’ (तस्बिर सहित)

images

तनहुँ । विश्व पोलियो दिवस (अक्टोबर २४) को अवसरमा दमौलीमा ‘पोलियो जनचेतना र्याली’ निकालएको छ । आइतबार रोटरी क्लव अफ दमौलीको आयोजनामा उक्त सचेतनामूलक र्याली निकालिएको हो ।

 

जिल्लाको व्यास नगरपालिका-३ अनसन चौतारीबाट सुरु भएको र्याली सफासडक, मुख्यचोक हुँदै बजारका विभिन्न भाग परिक्रमा गरी पुन: अनसन चौतारीमा आएर समापन भएको थियो ।

र्यलीमा सहभागीहरुले पोलियो थोपा खुवाऔ पोलियो भगाऔ, पोलियो उन्मूलन गरौं, किकआउट पोलियो लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

रोटरी क्लवले पोलियो उन्मुलनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको क्लवका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

तस्बिर : अश्विन किशोर श्रेष्ठ

images