
तनहुँ । नेकपा एमाले तनहुँको शनिबार एकैसाथ वडा अधिवेशन सम्पन्न भएको छ । दश स्थानीय तहका ८५ वडामध्ये अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
केही वडामा भने सर्वसम्मतको पहल भइरहेको एमाले तनहुँकी सचिव भगवती न्यौपानेका जानकारी दिइन । उनका अनुसार भानु नगरपालिका वडा नं १ को अध्यक्षमा प्रेम थापा, २ को अध्यक्षमा सन्तोष श्रेष्ठ, ३ को अध्यक्षमा यमबहादुर गुरुङ, ४ को अध्यक्षमा पदमबहादुर रानाभाट, ५ को अध्यक्षमा भरत अधिकारी, ६ को अध्यक्षमा बालकृष्ण खत्री, ७ को अध्यक्षमा सन्तबहादुर थापा, ९ को अध्यक्षमा मिन गुरुङ, १० को अध्यक्षमा विष्णु पाण्डे, ११ को अध्यक्षमा रामप्रसाद अधिकारी, १२ को अध्यक्षमा शम्सेर लम्साल र १३ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् ।
बन्दिपुर गाउँपालिका वडा नं १ को अध्यक्षमा शिवकुमार श्रेष्ठ, २ को अध्यक्षमा कृष्णबहादुर कार्की, ३ को अध्यक्षमा खेमराज भट्टराई, ४ को अध्यक्षमा भिम घले, ५ को अध्यक्षमा सुकबहादुर थापा र ६ को अध्यक्षमा सबल बहादुर गुरुङ चयन भएका छन् ।
आँबुखैरेनी गाउँपालिका वडा नं १ को अध्यक्षमा बद्री शर्मा, २ को अध्यक्षमा सम्झना विक, ३ को अध्यक्षमा राजाराम केसी, ४ को अध्यक्षमा भिमबहादुर आले, ५ को अध्यक्षमा सन्तोष मगर र ६ को दिलीप गुरुङ चयन भएका छन् ।
देवघाट गाउँपिालका वडा नं १ को अध्यक्षमा थमबहादुर थापा, ४ को अध्यक्षमा तीर्थलाल गुरुङ र ५ को अध्यक्षमा गणेश थापा चयन भएका छन् ।
व्यास नगरपालिका वडा नं १ को अध्यक्षमा गणेश खाती, २ को अध्यक्षमा महेन्द्र रिजाल, ३ को अध्यक्षमा जुननारायण श्रेष्ठ, ४ को अध्यक्षमा चिजबहादुर गुरुङ, ५ को अध्यक्षमा राजकुमार श्रेष्ठ विवि, ६ को अध्यक्षमा टोपबहादुर परियार, ९ को अध्यक्षमा रामचन्द्र आचार्य, १० को अध्यक्ष मदन तिमिल्सिना, ११ को अध्यक्षमा सञ्जय श्रेष्ठ, १२ को अध्यक्षमा लालबहादुर अधिकारी, १३ को अध्यक्षमा हिमबहादुर आले र १४ को अध्यक्षमा दिलबहादुर राना चयन भएका छन् ।
शुक्लागण्डकीका सबै वडामा सर्वसम्मत नयाँ नेतृत्व
नेकपा एमाले शुक्लागण्डकी नगरपालिका वडा नं. १ को अध्यक्षमा मन बहादुर गुरुङ चयन भएका छन् । पार्टीको वडा नं. २ को अध्यक्षमा परशुमरा खनाल सर्वसम्मत भए । वडा नं. ३ को अध्यक्षमा राजन रिमाल सर्वसम्मत निर्वाचित भएका छन् । नेकपा एमाले शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को अध्यक्षमा विष्णु राना सर्वसम्मत चयन भएका छन् ।
वडा नं. ५ मा प्रकाश तिमिल्सीनाको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत गठन भएको छ । वडा नं. ६ मा माधव प्रसाद अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भए । वडा नं. ७ को अध्यक्षमा दिपेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् । एमाले वडा नं. ८ को अध्यक्षमा मोहन पौडेल सर्वसम्मत भए । वडा नं. ९ को अध्यक्षमा गीत महत चयन भइन् । वडा नं. १० मा मदन थापाको नेतृत्वमा सर्वसम्मत रुपमा २१ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ ।
वडा नं. ११ मा कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ । वडा नं. १२ मा चुम बहादुर उच्चै ठकुरी वडा कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेनाले जानकारी दिए ।
यस्तै नेकपा एमाले रिसिङ गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा दिपक राना सर्वसम्मत निर्वाचित भएका छन् । वडा नं. ५ को अध्यक्ष जंग बहादुर पाटा सर्वसम्मत निर्वाचित भए । वडा नं. ८ को अध्यक्ष शिव बहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी नेकपा एमाले घिरिङ्ग गाउँपालिकाको वडा नं. २ मा हुमबहादुर आले, वडा नं. ३ मा टहलसिं थापा, वडा नं. ४ मा जीवन रानाको अध्यक्षमा वडा कमिटी गठन गरिएको छ । यस्तै वडा नं. ५ को वडा अधिवेशन मार्फत सुमनकुमार श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।
एमालेको विधान अनुसार वडा कमिटीमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र २ जना उपसचिव निर्वाचित हुने व्यवस्था छ । त्यस्तै गाँउपालिका र नगरपालिकाको वडा सदस्य ३१ जना, उपमहानगर पालिकाका लागि ४१ जना र महानगरपालिकाका वडाको वडा सदस्यस ५१ सदस्यीय हुनेछन् । यि कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको र छ भने कार्यसमिति पूर्ण समावेशी हुने गरी बनाउन विधानले व्यवस्था गरेको छ ।