images
images
images

मन्त्रालय नपाएसम्म मुख्यमन्त्रीलाई सघाउँछुः मन्त्री डोबाटे विश्वकर्मा

images

पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी नपाएसम्म मुख्यमन्त्रीलाई सघाउने बताए ।

उनले आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले मुख्यमन्त्रीलाई सघाउनु नै आफ्नो दायित्व रहेको प्रष्टाए ।

मन्त्री विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले असोज २५ गते मन्त्री नियुक्त गरेका थिए । तर उनलाई अहिले कुनै मन्त्रालयको जिम्मा दिइएको छैन ।

यसअघि मन्त्रीमण्डल विस्तार गर्दा अन्तिम अवस्थामा आएर विश्वकर्माको नाम हटाइएको थियो।

‘म पार्टीको इमान्दार कार्यकर्ता हो, त्यति बेला मेरो नाम हटाउदा पनि कुनै गुनासो गरेको थिइन्’ उनले भन्नुभयो, ‘चारैतिरबाट मेरो विषयमा आवज उठेपछि पार्टीले अनुभूति गरेर नै अहिले मन्त्री बनायो।’

गण्डकी प्रदेशमा नयाँ सरकार बन्ने चर्चा चलेसँगै मलाई मन्त्री बनाउनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा राखेको प्रंसग कोट्याउदै उनले अहिले पनि वरिष्ठ नेता पौडेलकै विशेष पहलमा मन्त्री भएको बताए ।

‘मेरो विषयमा वरिष्ठ नेता पौडेलले पार्टी सभापति र शीर्ष नेताहरुसँग छलफल चलाउनुभयो सबैको सहमतिमा नै मन्त्री बन्ने अवसर प्राप्त गरे’ उनले भने, ‘मन्त्रालय यो त्यो भनेर मैले भनेको छैन, पार्टीले जुन ठाउँमा व्यवस्थापन गर्छ त्यहि मन्त्रलाय सम्हालेर काम गर्नेछु ।’

समावेशी समानुपातिकको आधारमा आफू मन्त्री भएको उल्लेख गर्दै उनले आफ्ना विषयमा आवाज उठाउने सबै प्रति आभार व्यक्त गरे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS