
तनहुँ । श्रम,राेजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ(किसान)ले प्रधानमन्त्री राेजगार कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी बनाउने बारे छलफल गरेका छन ।
देशभरका ७५६ वटै स्थानीय तहमा उक्त कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर शुक्रबार छलफल गरिएको हो ।
मन्त्रालयमा प्रधानमन्त्री राेजगार कार्यक्रम र आन्तरिक राेजगार कार्यक्रम बारे पनि श्रममन्त्री श्रेष्ठले जानकारी लिएका थिए ।
यस्तै शुक्रबार नै श्रममन्त्री श्रेष्ठले तनहुँ पर्यटन प्रवर्द्धन समाजका सदस्यहरु संग भेटघाट गरेका छन ।