images
images
images

तनहुँले पायो बिनाविभागीय मन्त्री, डोबाटे विश्वकर्माले लिए शपथ

images

तनहुँ । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्री विक तनहुँका हुन ।

उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन ।

यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

उनलाई मन्त्रीको सूचीबाट हटाएकामा प्रदेश सरकारको विरोध भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS