images
images
images

मध्यरातमा दमौली अस्पतालको डाक्टरको क्वाटरमा घन्कियो “कलकत्ते काइयो, केश मेरो बाङ्गो…”(भिडियो/अडियो सहित)

images

तनहुँ । तनहुँको दमौली अस्पतालमा मध्यरात होहल्ला सहित गीत घन्किएको छ । अस्पतालको डाक्टरको क्वाटरमा मध्यरातमा “कलकत्ते काइयो, केश मेरो बाङ्गो…”,“असारे महिना…” लगाएतका गीत ठुलो स्वर समुहमा गाइरहेको सुन्न सकिन्छ ।

उक्त भिडियो/अडियो उद्घोष न्युजलाई प्राप्त भएको छ ।

बिहिबार मध्यरातमा होहल्ला सहित अस्पतालका डाक्टरको क्वाटरबाट गीत गाएको आवज उक्त भिडियोमा प्रष्ट सुन्न सकिन्छ ।

अस्पताल नजिकै क्वाटरमा त्यो पनि मध्यरातमा यसरी होहल्ला सहित गीत गाउँदा अस्पतालमा भर्ना भएका बिरामी र तीनका कुरुवा संगै अस्पताल नजिकका स्थानीयलाई समेत असर पर्ने देखिन्छ ।

अस्पतालमा बिरामी कुर्न बसेका (नाम नखुलाउने सर्तमा) एक जनाले भन्छन ‘दमौली अस्पतालको क्वाटरमा त मध्यरातमा डाक्टरहरुको रमझम चल्ने रैछ नी, यो त दोहोरी साझ हो की झै लागिरहेको छ ।’

उनले थपे “बिरामी र बिरामीका कुरुवालाई होहल्ला सहित गीत गाउँदा डिस्ट्रब भएको छ ।”

यसअघि पनि दमौली अस्पतालमा एक जना डाक्टरको जन्मदिनमा मदिरा पार्टी गरेर अस्पतालमा तोडफोड गर्दा समेत अस्पताल समितिले उक्त घटनामा संलग्नलाई कारबाही गरेको थिएन ।

उक्त घटनाले अस्पताललाई क्षती पुगेको थियो ।

सो घटनामा दोषी पत्ता लगाएर कारबाही नहुदा अहिले पनि सोही खाले घटना दोहोरिन पुगेको छ ।

यस्ता खाले क्रियाकलाप अस्पताल जस्तो ठाँउमा स्वास्थ्यकर्मी जस्तो जिम्मेवारी पेशामा आवद्ध व्यक्तिहरुबाट हुँदा समाजमा उक्त पेशा र पेशाकर्मीप्रति नकारात्मक छाप पर्न जान्छ ।

त्यसैले अस्पताल विकास समिति र प्रशासनले यस्ता घटनामा संलग्न हुनेलाई कारबाही गर्नुपर्ने देखिन्छ । भिडियो/अडियो : https://fb.watch/8uXC7Xx-GI/

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS