images
images
images

नेकपा एकीकृत समाजवादीबाट तनहुँका किसान श्रेष्ठ श्रममन्त्री बन्दै

images

तनहुँ । चार वटा मन्त्रालयसहित सरकारमा जान लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाएको हो ।

स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का एक नेताकाअनुसार अध्यक्ष नेपालले श्रम मन्त्रालयमा तनहुँका कृष्ण कुमार श्रेष्ठ (किसान) पठाउने निर्णय गरेका छन ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आलेलाई पठाउने भएका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) बाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ पनि भोलि नै राखिएको बालुवाटार स्रोतले जनाएको छ ।

उता, माओवादी केन्द्रले भने हिजै मन्त्रीहरुको नाम टुँगो लगाईसकेको छ ।

जनता समाजवादी पार्टी नेपालले पनि नाम लगभग टुँगो लगाएको जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS