
तनहुँ । नेपाल तरुण दलका पुर्व केन्द्रिय सदस्य तथा पार्टीको पुर्व महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेसका युवा नेता पुर्ण गुरुङले गृह जिल्ला तनहुँमा आफ्नो पकड मजबुत बनाउदै गएका छन् ।
जिल्लामा गत निर्वाचनमा युवा नेता गुरुङको प्रभाव राम्रै रहेको कांग्रेसका जिल्ला स्तरिय नेता बताउछन् । नेता गुरुङ युवा माझ लोकप्रिय रहेका छन् ।
केहि समय अघि मात्रै सम्पन्न भएको तनहुँ कांग्रेसको वडादेखि पालिकासम्मको अधिवेशनमा समेत युवा नेता गुरुङ पक्षको उपस्थिति राम्रो देखिएको कांग्रेस तनहुँ निकट नेता/कार्याकर्ता बताउछन ।
गत २०७४ को आम निर्वाचनमा सामानुपातिक कोटामा गुरुङ पहिलो नम्बरमा रहेका थिए । आगामी निर्वाचनमा गण्डकी प्रदेश सभाका लागी चुनाव लड्ने योजनामा गुरुङ रहेको उनि निकटका बताउछन ।
नेता गुरुङ भने अहिले केहि नसोचेको बताउछन् । उनले भने ‘अहिले पहिलो प्राथमिकता भनेको पार्टीको अधिवेशन सफल बनाउनु हो ।’ नेता गुरुङले थपे ‘त्यसपछि मात्रै आम निर्वाचनमा केन्द्र वा प्रदेश भनेर सोच्ने हो । अहिले पार्टीको अधिवेशनमा केन्द्रित छु ।’
पार्टी भित्र रहेको गुट-उपगुटको अन्त्य गरि कांग्रेसलाई एक ढिक्का बनाउन लागी परेको युवा नेता गुरुङ बताउछन । उनले भने ‘सबै मिलेर जानु पर्छ, युवा नेतृत्वमा आएर पार्टी एकजुट बनाउन भूमिका खेल्नुपर्छ ।’
नेता गुरुङ भने आफु कुनैपनि टिममा नलाग्ने र सर्वोसम्मत रुपमा छलफलबाट नेतृत्व चयन गर्नुपर्ने बताउछन ।
अब हुने नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा समेत युवा नेता गुरुङले समर्थन गरेको उम्मेदवारको जित सहज हुने कांग्रेस नेताहरुको भनाई छ । कांग्रेसको जिल्ला सभापतिको उम्मेदवारको चर्चामा एक दर्जन नाम आएपनि अन्तिममा वर्तमान सभापति वैकुण्ठ न्यौपाने, जितप्रकाश आले, रामचन्द्र अधिकारी, लक्ष्मी आचार्य बीच भिडन्त हुने कांग्रेसी नेता/कार्यकर्ताहरु बताउछन ।
वैकुण्ठ न्यौपाने वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन् भने जितप्रकाश आले सभापति शेरबहादुर देउवा निकट रहेका छन् । आले वरिष्ठ नेता पौडेल क्याम्पबाट देउवा समुहमा गएर सभापति हुन खोजेको आरोप उनलाई लागेको छ । आले भने आफु कुनै गुटबाट नभई छलफलबाट कांग्रेस जिल्ला सभापति बन्ने तयारीमा रहेकों बताउछन । उनि भन्छन ‘अहिले छलफल गर्दै छु, पालो मेरै हो सर्वोसम्मत गर्न लागि परेको छु ।’
गत २०७४ असोज १३ गते गुरुङको कार्बाही फुकुवा भएको थियो । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेल विरुद्ध तनहुँ क्षेत्र नं २ बाट बाघी उमेदवार हुँदै चुनाव लडेका थिए ।
गत निर्वाचनमा प्रदेश र केन्द्रिय सभामा गुरुङको प्रभाव निकै रहने देखेपछि वरिष्ठ नेता पौडेलले नै स्वयम् गुरुङको कार्बाही फुकुवा गर्न लागि परेका थिए ।