![](https://i0.wp.com/udghoshnews.com/wp-content/uploads/2021/10/Shankar-babu.jpg?fit=800%2C687&ssl=1)
तनहुँ । कोरोना भाइरस (कोभिड १९) का उत्पन्न भएको महामारीको समयमा उच्च योगदान पुराएको भन्दै स्वास्थ्य कार्यालय तनहुँलाई स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशले कदर पत्रले सम्मान गरेको छ ।
कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य कार्यालय तनहुँले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै कदर पत्रले सम्मान गरेको हो । आगामी दिनमा पनि थप उर्जाका साथ सेवा प्रवाहको अपेक्षा सहित यो कदरपत्र प्रदान गरिएको निर्देशानालयले जनाएको छ ।
आगामी दिनमा पनि यसरी नै स्वास्थ्यकर्मीहरुको मनोबल बढाईदिने किसिमको कार्य भएमा अझ कर्तव्य निष्ठ भई कार्यसम्पादन गर्न सहयोग पुग्ने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।