images
images

कांग्रेस महाधिवेशन तनहुँ–१ मा उम्मेदवारको लर्को

images

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय समिति, प्रदेश समिति तथा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन प्रक्रिया सुरु भएसँगै तनहुँ क्षेत्र नं. १ मा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ।

क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधिसम्मका विभिन्न पदमा युवा पुस्तादेखि लामो समयदेखि पार्टीमा सक्रिय नेतासम्मले उम्मेदवारी घोषणा गरेका छन्। क्षेत्रीय सभापति पदका लागि व्यास नगर समितिका निवर्तमान सभापति सूर्यचन्द्र हडखले र तनहुँ क्षेत्र नं. १.१. का निवर्तमान सभापति विश्वेश्वर खनालले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मिभक्त खनाल, नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक अध्यक्ष उत्तम मिश्रले पनि महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो राजनीतिक यात्रामा सक्रिय रहँदै आएका समुद्र गोदारले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेका छन्।महाधिवेशन प्रतिनिधितर्फ दलित खुला पदमा होमबहादुर रसाइलीले उम्मेदवारी दिएका छन्। त्यस्तै नेपाली कांग्रेस तनहुँ क्षेत्र नं। १ का नेता एवं देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जनजाति क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

खुला महिला महाधिवेशन प्रतिनिधितर्फ सुशीला शर्मा र नारायणी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। बन्दीपुरका राजु बाँनियाँले पनि महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। महिला जनजातितर्फ महाधिवेशन प्रतिनिधिका लागि सरिता गुरुङले उम्मेदवारी घोषणा गरेकी छन्।

त्यस्तै प्रजातन्त्र सेनानी समूहबाट महाधिवेशन प्रतिनिधिका लागि ओजराज पौडेल। श्रमिक क्लस्टरतर्फबाट बसन्त जिसीले उम्मेदवारी दिने भएका छन्।
महाधिवेशन प्रतिनिधिकाका लागि कांग्रेसका तनहुँका पुर्व सभापति वैकुण्ठ न्यौपाने,जिल्ला समन्वय समिति तनहुँका शान्तिरमण वाग्ले,संविधान सभा सदस्य रामचन्द्र पोख्रेल ,केन्द्रिय सदस्य गोविन्द भट्टराई, राष्ट्रिय सभा सदस्य पदम परियार,कांग्रेस केन्द्रीय सदस्य प्रश िपन्थ, चिनु पोख्र्रेल,पेशागत विज्ञ तर्फ महेश्वर हडखले,ईन्जिनियर रविन्द्र अधिकारी, बरिष्ठ अधिवक्त कमला मोहन वाग्ले, लगायत,
विद्यार्थी नेता एलिजा ढकाल,सहदेव अधिकारी,नहकुल अधिकारी,दिपक भट्टराई शुकुमलाल गुरुङ्ग, लगायत तिन दर्जन भन्दा बढी महाधिवेशनका लागि आंकाक्षी रहेका छन् ।

कांग्रेसको क्षेत्रीय अधिवेशनसँगै विभिन्न पदमा आकांक्षीहरूको संख्या बढ्दै गएपछि तनहुँ क्षेत्र नं। १ को निर्वाचन थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। निर्वाचनबाट क्षेत्रीय समिति, प्रदेश समिति तथा महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS