११ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
आइतबार मध्याह्न १२:१० बजेदेखि पाेखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
अविरल वर्षाका कारण नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध बनेको थियो ।अनलाइनखबर















