तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का युवा नेता एवं वरिष्ठ सञ्चारकर्मी नवीनराज पौडेलले १५औँ महाधिवेशनका लागि खुला महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘अब पालो युवा पुस्ताको, रूपान्तरणसहितको कांग्रेस–अबको कांग्रेस’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका पौडेलले क्षेत्र नम्बर १ को संगठन सुदृढीकरण, युवा परिचालन र समग्र विकासका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय पौडेल नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिमा करिब १५ वर्षदेखि आबद्ध छन्। उनी यसअघि नेपाली कांग्रेस चितवनका जिल्ला सदस्यसमेत भइसकेका छन्। नेपाल प्रेस युनियनका केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका पौडेल सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को केन्द्रीय समितिमा समेत एक दशकदेखि कार्यरत छन्।
सञ्चार तथा सिर्जनशील लेखनमा सक्रिय पौडेलले कांग्रेसका दर्जनौँ गीत र हजारौँ विज्ञापनका सामग्री लेखेका छन्। व्यास नगरपालिका–८, रिस्ती निवासी पौडेलको उम्मेदवारीलाई क्षेत्र नम्बर १ को कांग्रेस राजनीतिमा चासोका साथ हेरिएको छ।















