असार २२,तनहुँ । घिरिङ गाउँपालिकाको आयोजना तथा लोकवाणी पब्लिकेशन प्रालिको सहजिकरणमाआर्थिक वर्ष २०८२/०८३ को तेश्रो चौमासिक अवधिको सार्वजानिक सुनुवाईकार्यक्रम सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । चालु आर्थिक वर्षकोतेश्रो चौमासिक अवधिसम्म गाउँपालिकाले सम्पादन गरेको विकास आयोजना, सेवाप्रवाह तथा बजेट खर्च लगायतको बारेमा सार्वजानिक सुनुवाई गरिएको थियो ।
उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्षहोमबहादुर थापाले सिमित श्रोत र साधनको बाबजुद घिरिङ गाउँपालिकालाई सबैदृष्टिले सम्पन्न र समृद्ध बनाउन आफुहरु लागि परेको बताए । शिक्षाकोगुणस्तरमा बृद्धी, १० शैयाको आधारभुत अस्पतालको निर्माण, कृषि र पशुपालनको व्यवसायीकरण तथा उत्पादनमा आधारित अनुदान, ग्रामिण सडकहरुको स्तरोन्नती, आन्तरिक आम्दानीमा बृद्धी गर्ने गाउँपालिकाको मुख्य प्राथमिकतामा रहेको अध्यक्ष थापाले बताए ।
गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको कृष्णमार्गको सम्बन्धमा परेको मुद्धा टुङ्गो लागेर ठेक्का समेत तोडिसकिएको भन्दै अध्यक्ष थापाले अव कृष्णमार्गमा नयाँ ठेक्का लाग्ने प्रक्रिया अगाडी बढेको बताए । आगामी आर्थिक वर्षमा कृष्णमार्गको ठेक्का लगाउन संघीय सरकार समक्ष माग गरिएको भन्दै अध्यक्ष थापाले विगतमै विनियोजित रकमबाट ठेक्का लगाउन सकिने बताए ।
गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सार्वजानिक सुनुवाई कार्यक्रमले गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी दिने र नागरिकहरुको सुझाव ग्रहण गर्न पाईने बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आ.व २०८२/०८३ मा गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी गराएका थिए । ढकालका अनुसार गाउँपालिकाले पुर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए ।
विभिन्न सिप मुलक तालिम, आय आर्जनमा जोड, कोल्ड स्टोर सन्चालन, कृषि र पशुपालनमा अनुदान, सुन्तला पकेट कार्यक्रम सन्चालन, मकै पकेट कार्यक्रम, अदुवा पकेट कार्यक्रम आदि सन्चालन गरेको बताए ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको बजेट ४५ करोड रहेकोमा दोश्रो हालसम्म ७० दशमलव ३८ प्रतिशत खर्च भएको ढकालले बताए । आर्थिक विकास तर्फ ३८.२३ प्रतिशत, सामाजिक विकास तर्फ ८८.१९ प्रतिशत, पुर्वाधार विकास तर्फ ४६.२० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित तर्फ ६४.४४ प्रतिशत र कार्यालय सन्चालन तथा प्रशासनिक तर्फ ६८.१५ प्रतिशत खर्च भएको ढकालले जानकारी दिए
। चालु आर्थिक वर्षमा गाउँपालिकाभर १९५ वटा योजना कार्यान्वयनमा आएको उनले बताए ।
घिरिङ्ग गाउँपालिकाको हालसम्मको बेरुजु रकम १४ करोड ९६ लाख ९७ हजार ६५० रहेकोमा यो वर्ष २ करोड ६६ लाख ८० हजार ६६४ रुपैयाँ फस्र्यौट भईसकेको र बाँकी बेरुजु १२ करोड १० लाख ८७ हजार ६०१ रहेको छ । न्यायिक समिति तर्फ चालु आ.वमा १२ वटा उजुरी दर्ता भएकोमा मेलमिलाप भएका ८ र नियमित प्रक्रियामा रहेका ४ वटा उजुरी रहेका छन् ।
त्यस्तै कार्यक्रममा शिक्षा युवा तथा खेलकुँद शाखाका प्रमुख कृष्णप्रसाद सुवेदी र पुर्वाधार विकास शाखाका प्रमुख ई.तिर्थराज ढुङ्गानाले पनि आ आफ्नो शाखासँग सम्बन्धित विषयको कार्यसम्पादन तथा जिज्ञासाहरुको बारेमा प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा नेकपा एमाले घिरिङका अध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक चुननारयण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती प्रेमबहादुर थापा, शिक्षक ध्रुवराज सिग्देल, लक्ष्मीमाया बस्ताकोटी, ऋषीराम श्रेष्ठ, दामोदर पोख्रेल, मनबहादुर राना, होमबहादुर थापा लगायतले भौतिक पुर्वाधारमा जोड दिनुपर्ने, कृष्णमार्गलाई कालोपत्रे गर्न पहल गरिनुपर्ने, श्रृङ्गमार्ग स्तरोन्नती गर्न पहल गर्नुपर्ने, आन्तरिक आम्दानीलाई बढाउन पहल गर्नुपर्ने, गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, शालिग्राम करिडोरको गुणस्तरमा ध्यान दिनुपर्ने, स्वच्छ खानेपानी तथा एक घर एक धारामा जोड दिनुपर्ने, युवा पलायन रोक्नुपर्ने, स्थानीय कला र संस्कृतीको संरक्षण गर्नुपर्ने, ठुला फाँटहरुमा सिंचाई सुविधा लैजानु पर्ने तथा घिरिङ गाउँपालिकाको जिवनसँग जोडिएको कालिगन्डकी डाइभर्सनको योजनालाई रोक्नुपर्ने जस्ता सुझावहरु दिएका थिए ।
सहभागीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, पुर्वाधार, मोटरेवल पुल, सामुदायिक भवन निर्माण, सिंचाई, कालीगन्डकी डाइभर्सनको योजना रोक लगाउनुपर्ने लगायतका विषयमा जिज्ञासा, सुझाव र धारणाहरु राखेका थिए ।
उक्त कार्यक्रमको सहजिकरण लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।















