२२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले पदभार ग्रहण गरेका छन् । थापाले कीर्तीपुरस्थित उपकुलपतिको कार्यालायमा सोमबार पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले असार १९ गते थापालाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
पदभार ग्रहणकार्यक्रमलाई सम्बोधन गर्दैै उपकुलपति थापाले भौतिक तथा मानविय स्रोत/साधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोग मार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित गर्न समर्पित भएर लाग्ने प्रतिवद्बता व्यक्त गरे ।अनलाइनखबर















