तनहुँ, असार २२। नेपाली भाषाका आदिकवि को २१३औँ जन्मजयन्ती तनहुँको भानु जन्मस्थलमा तीन दिनसम्म विविध साहित्यिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।
को आइतबार बसेको बैठकले असार २७, २८ र २९ गते विविध कार्यक्रम आयोजना गर्दै भानु जयन्ती मनाउने निर्णय गरेको हो। बैठकको अध्यक्षता ले गरेका थिए।
कार्यक्रमअनुसार असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजा–अर्चना गरिनेछ। असार २८ गते भानुभक्तीय रामायण वाचन–पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी सञ्चालन हुनेछ।
असार २९ गते बिहान भानुभक्तको सालिकमा माल्यार्पणपछि झाँकीसहित प्रभातफेरी निकालिनेछ। त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष विमर्श तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने समितिका कार्यकारी सचिव ले जानकारी दिए।
बैठकमा , प्रमुख प्रशासकीय अधिकृत , समितिका पदाधिकारी तथा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि र स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सबै पक्षको साझा पहल र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।















